-
DeepU`Jung Shirpaili posted an update
भगवान, मेरो भाग्यलाई दौडाउन हतार नगरे पनि हुन्छ, म जवान छु। थाकेर फेरि उठ्ने सामर्थ्य अझै बाँकी छ। तर बुबाआमाको समयचाहिँ घडीको काँटाजस्तै बोल्दैन…तर चुपचाप सकिँदैछ। मेरो एउटा सफलताको प्रतीक्षामा उहाँहरूले आफ्ना चाहनाहरू कुनै पुरानो बाकसमा थन्काएर आफ्नै सपना मेरो नाममा सुम्पिनु भयो। दश नङ्ग्रा खियाएर, ढाड झुकाएर, आँखामा आँसु लुकाएर उहाँहरूले मलाई भोलिको भरोसा बनाउनु भयो।
भगवान, म पर्खिन सक्छु अझ धेरै हार, अझ धेरै रातहरू। तर बुबाआमाले अब पर्खिन सक्नु हुँदैन्, उहाँहरूलाई बुढेसकालमा मेरो सफलताको सहारा चाहिएको छ। म ठूलो महल होइन, सुनको थाल होइन मात्र उहाँहरूको थाकेको मुहारमा एउटा साँचो मुस्कान देख्न चाहन्छु। त्यसैले भगवान, मेरो प्रगति छिट्टै गराइदेऊ -मेरो लागि होइन, मेरो भगवान जस्तै: बुबाआमाको लागि।